शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    होटल, रेस्टुरेन्टका कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गराउनू

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    काठमाडौं। सरकारले होटल तथा रेस्टुरेन्टका कर्मचारीले अनिवार्य रूपमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिममा रहेका व्यवसायमा संलनग्न रहेकालाई शुल्क तिरेर परीक्षण गर्न आग्रह गरेको हो।

    बुधबार एक विज्ञप्ति जारी गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिममा रहेकालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न आग्रह गरेको हो। सरकारले पिसिआर परीक्षण गरेको अधिकतम शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ।

    ‘नेपालका घनाबस्ती भएका जिल्लाका शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु, धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ,’ सूचनामा भनिएको छ ‘त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने, गराउने व्यवस्था गर्न गराउन अनुरोध गरिन्छ।’

    मन्त्रालयले कोरोना संक्रमितको उपचार र सुरक्षामा खटिने कर्मचारीको पनि कोरोनाको पिसिआर परीक्षण गर्न गराउन आग्रह गरेको छ। काठमाडौं‌ उपत्यकामा सरकारी अस्पतालहरु पाटन, वीर, टिचिङबाट सशुल्क कोरोना परीक्षण गर्न सकिन्छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast