शुक्रबार, असोज ९, २०७७
    राज्य-समाज

    बुटवलमा बिहीबारदेखि 'लकडाउन'

    बुधबार, २८ श्रावन २०७७, आहाखबर
    फाइल तस्बिर

    बुटवल। कोरोना संक्रमित बढेपछि बुटवल लकडाउन गरिएको छ। बिहीबार रातिदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेक अरु बन्द हुनेगरी लकडाउन गरिएको हो। बुटवल उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो।

    नगर उपप्रमुख गोमादेवी आचार्यले बजारमा भीडभाड अत्याधिक भएपछि संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गर्ने निर्णय गरिएको बताइन्। यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको आचार्यको भनाई छ।

    उनले भनेकी छन्, ‘बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ।'

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast