शुक्रबार, असोज ९, २०७७
    राज्य-समाज

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ। बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरेर १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो।

    मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ। 

    पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१  जनाको पीसीआर परीक्षण गरिएको छ।  

    अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast