शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    सुर्खेतको वीरेन्द्रनगरमा एकैदिन थप १९ जनामा काेराेना संक्रमण पुष्टि

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    सुर्खेत, २८ साउन । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले बताए ।

    बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले जानकारी दिए ।

    केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast