शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    मोरङका ५५ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    विराटनगर, २८ साउन । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

    मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

    प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उपचारका क्रममा बुधबार बिहान १ः२० मा उनकाे मृत्यु भएको हाे । ‘उहाँमा कोरोनाको मात्र लक्षण देखिएको थियो, अरु रोग भएको जानकारी छैन,’ उनले भने, ‘इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गराएका थियौं ।’

    श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast