सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    नारायणी अस्पतालका साढे ३ सय चिकित्सक र नर्सले दिए सामूहिक राजीनामा

    बुधबार, २८ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २८ साउन । नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिन बाध्य भएकाे बताएका हुन् । 

    उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । "तर, स्वीकृत भएको छैन," उनले भने, "अहिले सेवा दिइरहेकै छौं ।" चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाएको उनले बताए । 

    गत साउन २४ गते विहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो  । सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए । 

    तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ । उनीहरुले अस्पतालका चिकित्सकविरुद्ध नाराबाजी समेत गरेको अस्पतालकै एक नर्सले बताइन् ।

      

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast