शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    १९ दिनदेखि सम्पर्कविहीन धनगढीका २ जना कोरोना संक्रमित

    मंगलवार, २७ श्रावन २०७७, आहाखबर

    धनगढी, २७ साउन । धनगढीका २ जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् । धनगढी उपमहानगरपालिका-५ का २८ वर्षीय पुरुष र वडा नम्बर ८ का ४० वर्षीय पुरुष सम्पर्कविहीन भएका हुन् ।

    गत ८ साउनमा सेती प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका २८ वर्षीय पुरुषमा १६ गते संक्रमण पुष्टि भएको थियो । उनी १९ दिनदेखि सम्पर्कविहीन छन् ।

    यस्तै, वडा नम्बर ८ का ४० वर्षीय पुरुषमा गत आइतबार संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मिराज उपाध्यायले बताए ।

    उनका अनुसार नगरपालिकाको टिम, वडाध्यक्ष र प्रहरीले खोजी गर्दासमेत फेला पार्न सकिएको छैन । संक्रमित पुरुषको फोन नउठ्ने भएका कारण फेला पार्न नसकिएको उनको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast