शुक्रबार, असोज ९, २०७७
    सावधान

    गोंगबु हत्याकाण्डमा संग्लन महिला कलाकार भएकाे खुलासा

    मंगलवार, २७ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २७ साउन । काठमाडौंको टोखा नगरपालिका-१० स्थित गोंगबु नवज्योति मार्गमा १ पुरुषको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार रहेको रहस्य खुलेको छ । रोल्पाका कृष्णबहादुर बोहराको सोमबार चितवनबाट पक्राउ परेकी कल्पना पौडेल कलाकार रहेको खुलेको हो ।

    कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छन् । मृतक बोहरा ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएको प्रहरीले जनाएको छ । 

    प्रहरीले घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेकी कल्पानलाई घटनास्थलमा लिएर थप अनुसन्धान थालेको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast