सोमबार, असोज १२, २०७७
    राज्य-समाज

    देउवाले फेरि गरे पाँच विभागमा मनोनयन

    सोमबार, २६ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभागलाई पूर्णता दिने कार्यलाई निरन्तरता दिएका छन्। पार्टीमा इतर पक्षको विरोधका बाबजुद सोमबार पनि देउवाले थप पाँचवटा विभागलाई पूर्णता दिएका छन्।

    देउवा इतर पक्षले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागलाई पूर्णता लिएको भन्दै आपत्ति जनाइ रहेका छन्। सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) ले दिएको अधिकार प्रयोग गरी देउवाले मनोनित गरेका हुन्। 

    सोमबार उद्योग व्यापार विभाग प्रमुखमा चिनकाजी श्रेष्ठ, उपप्रमुख अनिलकुमार रुग्गटा आदिवासी जनजाति विभागको प्रमुख सीता गुरुङ र नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा गोविन्द भट्टराई मनोनित भएका छन्। त्यस्तै श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख शिवप्रसाद हुमागाँइ र राज्य प्रशासन विभागको प्रमुखमा केशवकुमार बुढाथोकीलाई नियुक्त गरेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast