शुक्रबार, असोज ९, २०७७
    सावधान

    बाढीको वितण्डाः बाजुरामा ११ घर र ३ वटा पुल बगायो, एक महिला बेपत्ता

    सोमबार, २६ श्रावन २०७७, आहाखबर

    बाजुरा, २६ साउन ।  गत रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण बाजुरामा ठूलो क्षति भएको छ । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार वर्षासँगै आएको बाढीले  ११ वटा घर तथा ३ वटा पुल बगाएको छ भने १ जना महिला बेपत्ता भएकी छिन् ।

    गैरेका अनुसार बाढीले बडीमालिका नगरपालिका–२ मा ११ घर बगाएको हो । एक जना महिला घरबाट निस्केको र उनलाई बाढीले बगाएको भन्ने प्रारम्भिक जानकारी आएकाले उनको खोजी भइरहेको उनले जानकारी दिए । क्षतिको पूर्ण विवरण भने आइनसकेको उनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय बाजुरका डिएसपी टंकप्रसाद भट्टराईले गौमुल गाउँपालिकामा पनि धेरै क्षति भएको भन्ने जानकारी आएको बताए ।  उनले गोमुल गाउँपालिका–२ मा मात्रै ३ वटा पुल बगाएको र घर पनि बगाएर लगेको भन्ने जानकारी आएको बताए । क्षतिबारे यकिन विवरण प्रहरी टोली पुगेपछि मात्र थाहा हुने उनको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast