शुक्रबार, असोज ९, २०७७
    आर्थिक खबर

    साेमबार पनि घट्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे आज ?

    सोमबार, २६ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २६ साउन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएकाे छ । सुनको मूल्य आइतबारभन्दा साेमबार २ सय रुपैयाँ प्रतितोलाले सस्तिएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक लाख दुई हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँ प्रतितोलाले नै नै घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार सोमबार तोलाको एक लाख एक हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

    आइतबार रेकर्ड कायम गरेको चाँदीको मूल्यमा भने सोमबार गिरावट आएको छ । यसदिन चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast