सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    विश्वमा कोरोना संक्रमितको संख्या झन्डै २ करोड

    सोमबार, २६ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २६ साउन । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ९४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको छ ।

    कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख २२ हजार २८५ पुगेको छ ।  सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

    हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast