बिहिवार, असोज ८, २०७७
    सावधान

    सोलुखुम्बुको हिमताल फुटेपछि सोलु खोलामा बाढी, तटीय क्षेत्र जोखिममा

    आईतवार, २५ श्रावन २०७७, आहाखबर

    काठमाडौँ , २५ साउन।  सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ। चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए।

    ‘अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले बगायो। पछि बुझ्दै जाँदा चोकर्मा हिमताल फुटेको पाइयो’, मेयर शेर्पाले भने ।

    तालको एक छेउ मात्र फुटेकाले पानी आंशिक बग्दा खासै क्षति हुन नपाएको तर त्रास भने बढेको उनले बताए ।

    पाँच हजारभन्दा बढीको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने उनको भनाई बताए।

    ‘आज मसहित प्रदेश सांसद् र सुरक्षाकर्मीको टोली तालको अवलोकनमा जाने तयारी गरेका छौँ । हेलिकप्टर पनि तयारी अवस्थामा छ तर, मौसम राम्रो नभएकाले रोकिएका छौँ । मौसम सफा भए हामी त्यहाँ पुग्छौ,’ मेयर शेर्पाले भने ।

    चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ। सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast