मंगलवार, असोज १३, २०७७
    ओएमजी Omg!

    महिला यौन जीवनमा असन्तुष्ट हुनुका यस्ता छन् ५ कारण

    शनिबार, २४ श्रावन २०७७, आहाखबर

    काठमाडौं। सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन। महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन्। महिलाहरू आफ्नो यौन जीवनमा असन्तुष्ट हुनुका केही कारणहरू छन्।

    १. महिलाहरू सम्बन्धमा तपाईंको प्रेम, स्नेह र सम्मानको महसुस गर्दैनन् भने उनीहरूको लगाव कम हुन्छ। यस्तो अवस्थामा शारीरिक घनिष्ठता उनीहरूले सोच्नसमेत सक्दैनन्। शारीरिक सम्बन्धमा सामेल भए पनि उनीहरूले त्यसमा विल्कुलै मनोरञ्जन गर्न सक्दैनन्।

    २. धेरैजसो महिलाहरूले कार्यालयको कामका साथै घरको काम र पारिवारिक जिम्मेवारीसमेत निभाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा उनीहरू शारीरिक र मानसिक रूपमा थकान र तनाव महसुस गर्छन्। यो अवस्थामा पनि उनीहरू शारीरिक सम्बन्धमा रुचि देखाउँदैनन्।

    ३. यौन जीवनलाई दिक्दारी मान्नु र सम्बन्धमा प्रेम र कुनै प्रकारको ‘इमोसन’को अनुभव नगर्दा पनि महिलाहरू यौन जीवनमा टाढा हुने गर्छन्। उनीहरू आफ्नो पार्टनरको शारीरिक सन्तुष्टिका लागि यौन सम्बन्धमा सामेल भए पनि त्यसको तत्कालै अनुभव पाउन सकिन्छ। यस्तो भएमा महिलाले शारीरिक सम्बन्धमा दूरी बनाउन थाल्छन्।

    ४. महिलाहरू आफ्नो ‘लुक्स’लाई लिएर धेरै संवेदनशील हुन्छन्। बढ्दो तौल, पार्टनरको आकर्षण र प्रेम नदर्शाउने गर्दा पनि उनीहरूले यौन जीवनमा आफ्नो आत्मविश्वास गुमाउँछन्। यस्तो अवस्थामा शारीरिक सम्बन्ध कायम भएमा पनि उनीहरूले सहजता महसुस गर्दैनन्।

    ५. धेरैजसो महिलाले यौन सम्बन्धमा आफूलाई कुन कुरा मनपर्छ र कुन कुरा मनपर्दैन भनेर बताउन चाहँदैनन्। यो कुराले उनीहरूलाई असहजता महसुस हुँदै जान्छ र तनावको कारक बन्न सक्छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast