बिहिवार, असोज ८, २०७७
    सावधान

    अस्पतालको चक्कर काट्दाकाट्दै २० वर्षिया युवतीकाे मृत्यु

    शनिबार, २४ श्रावन २०७७, आहाखबर

    वीरगञ्ज, २४ साउन । अस्पतालको चक्कर काट्दाकाट्दै वीरगञ्जमा एक विरामीको मृत्यु भएको छ । वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो ।

    ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल गएकी थिइन् । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएपछि उनी कोरोना विशेष अस्पताल, गण्डक पुगेकी थिइन्, जहाँ शनिबार बिहान २ बजेतिर निधन भएको छिमेकी अजित भुजेलले बताए ।

    अस्पताल आइपुग्दा उनी अन्तिम अवस्थामा पुगेेकाले बचाउन नसकिएको कोभिड अस्पतालका डा उदय नारायण सिंहले जानकारी दिए । ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार शुरु मात्रै गरेका थिए, विरामीको मृत्यु भयो’ उनले भने ।

    पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको डा सिंहले बताए । पछिल्लो समयमा वीरगञ्जका अस्पतालहरुले कोभिडको आशंकामा उपचार नगरी सिरियस केस गण्डकमा पठाउने क्रम बढेको छ ।

    शुक्रबार पनि नेशनल मेडिकलले भर्ना गर्न नमानेपछि गण्डक ल्याइएका वीरगञ्ज-३ छपकैयाका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो । शुक्रबार बेलुका उनमा कोभिड संक्रमण पुष्टि भएको थियो ।

    मृतकका भिनाजु रुपेश सिंहका अनुसार शुक्रबार बिहान सामान्य ज्वरो आउनुका साथै रुघाखोकी लागेको थियो । नजिकैको इन्डो नेपाल हस्पिटलमा गए र औषधि किनेर खाए । विरामीको अवस्था सामान्य नै थियो । तर राति १० बजेतिर अचानक स्वास लिन गाह्रो भयो भनेर आफन्तलाई खबर गरे ।

    त्यसले आफन्तले अटोमा राखेर एडभान्स हस्पिटल पुर्‍याए । अस्पतालकाे इमर्जेन्सीबाहेक अरु सेवा बन्द भएकाले बयोधा अस्पताल लैजान सुझाए । बयोधाले डाक्टरलाई कोरोना लागेको छ उपचार सेवा दिन सकिँदैन भनेर फिर्ता पठयो ।

    शुक्रबार मात्रै बायोधाका चिकित्सक, नर्ससहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बयोधाको आईसीयूमा उपचाररत दुई जना महिलाको कोरोना संक्रमणबाटै मृत्यु भएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

    तराई वा भवानी हस्पीटल लैजान सुझाव दिएप तर आफन्तले कोरोना विशेष अस्पताल गण्डकमा लगे । त्यहाँ कोरोना पुष्टि नभएका विरामी भएकाको भर्ना हुँदैन । त्यसपछि भवानी अस्पतालमा लगिएको सिंह बताउँछन् । भवानी हसस्पटलमा विरामीलाई बाहिरबाटै फर्काइदियो । भवानीबाट तराई अस्पताल पुर्‍याइयो । विरामीको लक्षण सोध्ने वित्तिकै आईसीयू खाली छैन भनियो ।

    विरामीलाई नेसनल मेडिकल कलेज लगियो । नेसनलमा हार गुहार गर्दा पनि भर्ना लिन मानेन । स्थानीय पत्रकार पत्रकार अजित भुजेल हुँदै यो खबर जसपाका नेता तवरेज अहमदसम्म पुग्यो । उनले ‘अस्पतालमा फोन गरिदिन्छु र म पनि निस्कन्छु । विरामीलाई नारायणी लैजान भन्नुस्’ भन्ने सन्देश पठाए । विरामी अस्पताल पुगे । तवरेजले विरामीको आफन्तमार्फत चिकित्सकसँग कुरा गरे । तर ड्यटीमा रहेका चिकित्सकले ‘सामान्य उपचार मात्रै गर्न सकिन्छ, उहाँमा शंकास्पद कोभिडको लक्षण छ । यहाँ उपचार हुन सक्दैन’ भनिदिए ।

    त्यहाँबाट नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पताल पुर्‍याईयो । हेल्थ केयरले नन कोभिड विरामी भर्ना गर्न प्रोटोकलले दिँदैन भन्ने जवाफ दिएपछि अन्तिममा पुनः गण्डक अस्पताल पुर्‍याइएको थियो ।

    ‘बच्चा जन्मिएपछि रजश्वला बन्द भएको थियो, त्यसपछि मोटोपनको समस्या थियो । कहिलेकाँही नाक र कानबाट रगत आउँथ्यो’ भिनाजु सिंहले भने ‘एक्कासी स्वासमा समस्या आयो, कुनै अस्पतालले उपचार गर्न मानेन, बचाउन सकिएन ।’

    सामान्य अवस्थामा जस्तोसुकै विरामी भर्ना गरेर चर्को पैसा असुल्ने निजी अस्पतालले महामारीमा शंकास्पद कोरोना देखिने वित्तिकै भर्ना नगर्ने गरेका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast