सोमबार, असोज १२, २०७७
    राज्य-समाज

    पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालकाे झाडिमा भेटियाे भर्खर जन्मेको शिशु

    शनिबार, २४ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २४ साउन । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन् ।

    कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । 

    बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast