शुक्रबार, असोज ९, २०७७
    खेल संसार

    रियल मड्रिडलाई पराजित गर्दै म्यान्सेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइलनमा

    शनिबार, २४ श्रावन २०७७, आहाखबर

    एजेन्सी। ला लिगा च्याम्पियन रियल मड्रिडलाई पराजित गर्दै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

    प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
    घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति भएको खेलमा सिटीले सहज जीत निकाल्यो । उसले समग्रमा ४–२ को नतिजासहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।

    रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । ईतिहादमा भएको दोस्रो लेगमा रियल मड्रिडको कमजोर डिफेन्सको फाईदा उठाउँदै सिटीले सहज जित निकाल्यो ।

    खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए ।

    तर, दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले ६८औँ मिनेटमा गोल गर्दै सिटीलाई दोस्रो लेगमा पनि २–१ को जीत दिलाए । अब सिटीले क्वाटरफाईनलको खेलमा लियोनसंग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast