बिहिवार, असोज ८, २०७७
    सावधान

    काठमाडौंका ९९ सहित ३ सय ३० प्रहरीमा देखियाे कोरोना संक्रमण

    शुक्रबार, २३ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २३ साउन ।  देशभरबाट जम्मा ३ सय ३० प्रहरीमा काेराेना संक्रमण देखिएकाे छ । काठमाडौंका ९९ प्रहरीसहित देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको हाे ।

    काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् । यसबाहेक अरु संक्रमित उपत्यकाबाहिरका छन् ।

    ३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए । उनका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमित प्रहरीको उपचार जारी छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast