शुक्रबार, असोज ९, २०७७
    स्वास्थ्य

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमतिको मृत्यु

    शुक्रबार, २३ श्रावन २०७७, आहाखबर

    विराटनगर, २३ साउन । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ । 

    जनकपुरबाट रिफर भई बिहीबार राति प्रतिष्ठान ल्याइएका २५ वर्षीय युवकको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक मिर्गौलाको नियमित डाइलाइसिस गराउनुपर्ने बिरामी थिए । 

    सिरहाको गोलबजार निवासी ती युवकको प्रतिष्ठानमा डायलासिस गर्दै गर्दा गए राति नै मृत्यु भएको थियो । उनलाई सातामा दुई पटकसम्म डाइलासिस गर्दै आएको परिवारले जानकारी दिएको डा. सापकोटाले बताए । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast