शुक्रबार, असोज ९, २०७७
    आर्थिक खबर

    सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे कति पुग्याे आज ?

    शुक्रबार, २३ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, २३ साउन । कोरोनाको सङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

    यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast