शनिबार, असोज १०, २०७७
    कला-सौन्दर्य

    विपिन कार्कीकाे ‘डर छैन...’ म्युजिक भिडियो सार्वजनिक

    शुक्रबार, २३ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २३ साउन । अभिनेता विपिन कार्की अभिनित भिडियो ‘डर छैन...’ सार्वजनिक गरिएको छ । सन्तोष लामाको स्वर रहेको गीतमा नारायण गौतमको शब्द छ । हरि लम्सालको संगीत छ ।

    म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतमा विपिन भरियाको भूमिकामा छन् । भिडियोमा उनले एउटा भरियाको दिनचर्या प्रस्तुत गरेका छन् । 

    गीतमा विपिनसंगै लोकमणि सापकोटा र स्रवानी थापाको अभिनय छ । भिडियो छायांकन हरि हुमागाईंले गरेका छन् भने विकास धमलाले सम्पादन गरेका छन् । विपिन कार्कीको यो चौथो म्युजिक भिडियो हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast