बिहिवार, असोज ८, २०७७
    सावधान

    स्कुटरले ठक्कर दिँदा भक्तपुरमा एक महिलाको ज्यान गयाे

    बिहिवार, २२ श्रावन २०७७, आहाखबर

    भक्तपुर, २२ साउन । भक्तपुरमा स्कुटरकाे ठक्करबाट एक महिलाकाे ज्यान गएकाे छ । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको हाे ।

    स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
    स्कुटरले उनलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । 

    प्रनाउ गिरीका अनुसार प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे उनकाे मृत्यु भएको हाे । 

    प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानाएकाे छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast