शनिबार, असोज १०, २०७७
    यातायात

    बिहीबारदेखि सवारी साधनमा फेरि जोर- बिजोर प्रणाली लागू

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २१ साउन ।  सरकारले पुन: काठमाडाैंसहित केहि जिल्लाका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको हाे ।

    गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ ।उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

    सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने, कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast