बिहिवार, असोज ८, २०७७
    सावधान

    कोरोनाबाट नेशनल मेडिकल कलेजमा कार्यरत एक पुरुषको मृत्यु

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    वीरगन्ज २१ साउन । वीरगन्जमा कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत एकजना ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।

    नेशनल मेडिकल कलेजमा कार्यरत मधुमेह तथा मुटु रोगले ग्रसित ४५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार विहान हेल्थ केयर अस्पतालमा मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।

    मृतक पुरुष अस्वस्थ्य भई उपचारको लागि नेशनल मेडिकल कलेजमा सोमबार भनाए भर्ना भएकोमा उनको मंगलबार राति रिपोर्ट पोजेटिभ आएको थियो । त्यस पश्चात उपचारको लागि अस्थायी कोभिड अस्पताल हेल्थकेयरमा भर्ना गरिएको थियो, तर उपचारको क्रममा बुधबार विहान मृत्यु भएको बताइएको छ ।

    याेसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast