शनिबार, असोज १०, २०७७
    ब्राण्ड/संगठन

    यामाहा शोरूमका ७ जना स्टाफलाई कोरोना संक्रमण पुष्टि

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    काठमाडौँ, २१ साउन । यामाहा, (मोरेङ अटाे वर्क्स्) काठमाडौँको टेकु साखाका ७ जना स्टाफलाई कोरोना संक्रमण भएको छ ।  त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजका ७ जना स्टाफलाई काेराेना संक्रमण भएकाे नाम नभन्ने सर्तमा एक जना स्टाफले बताए ।

    स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूकाे काठमाडौं प्रयोगशालामा सकरात्मक परीक्षणमा उनिहरूकाे काेराेना पाेजीटीभ देखिएकाे हाे । ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ ।

    स्वास्थ्य अधिकारी तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार स्वास्थ्य अधिकारीहरूले संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी अघि बढाइसकेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast