सोमबार, असोज १२, २०७७
    आर्थिक खबर

    एकै दिन १६ सयले बढ्याे सुनकाे मूल्य, प्रतितोला एक लाख नाघ्यो

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २१ साउन । नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला १६ सयले बढ्दै १ लाख १ हजार ४ सयमा कारोबार भइरहेको छ । यो मूल्य आज सम्मकै उच्च हो ।

    गत हप्ता पनि सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

    यो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी १२९५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज ५५ रुपैयाँले बढेको हो । आज तेजाबी सुन प्रतितोला १ लाख ९०० मा कारोबार भइरहेको छ ।

    मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast