शनिबार, असोज १०, २०७७
    बिदेश

    पाकिस्तानले पनि जारी गर्‍यो जम्मू-कश्मीर र लद्दाखलाई समेटेर नयाँ नक्सा

    बुधबार, २१ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, २१ साउन । पाकिस्तानको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर-लद्दाख-जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ ।

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार यसबारे जानकारी दिएका हुन् । उनले मन्त्रिपरिषद्को निर्णयलाई विपक्षी पार्टी र कश्मीरी नेतृत्वले स्वागत गरेको समेत बताए।

    पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताहरूको उमंगको प्रतिनिधित्व गर्ने बताउँदै उनले भने, 'पाकिस्तान र कश्मीरीहरूले सैद्धान्तिक विचारधारालाई यसले समर्थन गर्ने छ ।'

    'भारतले अघिल्लो वर्ष ५ अगस्तमा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, उसले यो राजनीतिक नक्सालाई अस्वीकार गर्ने छ' उनले भने ।

    इमरान खानले अबदेखि पाकिस्तानी स्कुल, कलेज र सबै सरकारी कार्यालयमा पाकिस्तानको यो आधिकारिक नक्सा राखिनेसमेत बताए ।

    Prime Minister Imran Khan unveiling the Political Map of Pakistan. https://t.co/OHvVjeQNt7

    — Govt of Pakistan (@pid_gov) August 4, 2020
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast