शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    काठमाडौं उपत्यकामा थपिए ५१ जना कोरोना संक्रमित

    सोमबार, १९ श्रावन २०७७, आहाखबर

    काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ८ र भक्तपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५, ललितपुरका २ र भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना,  त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो।

    यसैगरि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast