शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    २४ घण्टामा कहाँ कति कोरोना संक्रमित भेटिए ?

    सोमबार, १९ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपालमा सोमबार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७६८ पीसीआर परीक्षणका क्रममा थप ४१८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको जानकारी दिए।

    मन्त्रालयका अनुसार सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिराहाका ३, सप्तरीका ५१, सर्लाहीका २, महोत्तरीका ३१, धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, कञ्चनपुरका ८, रसुवाका १, बाराका १, काठमाडौँका ४३ र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरका ३, चितवनका १,गुल्मीका १,दोलखाका १, कास्कीका ८,स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, वर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमका २, कञ्चनपुरका ८, कैलालीका ६७ र अछामका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सोमबार नयाँ थपिएका संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर थप ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए।

    मन्त्रालयका अनुसार सोमबार पीसीआर विधिबाट हालसम्म ३ लाख ९८ हजार ९०७ परीक्षण गरिएको छ। त्यसैगरी हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४५२ जना रहेको छ। यस्तै आइसोलेसनमा रहनेको संख्या ५ हजार ७३२ जना रहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast