सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    सुदूरपश्चिम प्रदेशमा थपिए ४६ जनामा कोरोना संक्रमित

    सोमबार, १९ श्रावन २०७७, आहाखबर

    धनगढी, १९ साउन। सुदूरपश्चिम प्रदेशमा आइतबार गरिएको कोरोना परीक्षणमा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ११ महिला र ३५ पुरुषमा संक्रमण पुष्टि भएका हो ।

    यसमध्ये कैलालीका २० पुरुष र ५ महिला, कञ्चनपुरका ७ पुरुष र १ महिला, बझाङ्गका १ पुरुष, डोटीका ७ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ  । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ३३६ पुगेको छ । यसअघि नै  ३ हजार २४८ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

    प्रदेशमा हालसम्म ३६ हजार ३४९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३१ हजार ७५६ मा नेगेटिभ आएको उनले बताए ।  १ हजार ३६५ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६७७ जनामा परीक्षण गरिएको छ ।

    हालसम्म फेला परेका संक्रमितहरु अछामका ६९५, बैतडीका ३१९, बझाङ्गका २६८, बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३० , कैलालीका १२२७ र कञ्चनपुरका ५६६ गरी ४ हजार ५९३ रहेका छन् । जस्मा महिला १ हजार १०० र पुरुष ३ हजार ४९३ रहेका छन् ।

    क्वारेन्टिनमा १ हजार ५५९ पुरुष र ५ सय ४९ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित ५६ गरी ७४ जनाको उपचार भइरहेको छ । ८५९ जना भने सामान्य उपचारपछि घर गईसकेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast