बिहिवार, असोज ८, २०७७
    सावधान

    मेलम्चीमा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना बेपत्ता

    सोमबार, १९ श्रावन २०७७, आहाखबर

    सिन्धुपाल्चोक, १९ साउन । मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका छन् । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ ।

    बन्दै गरेको कभर्ड हल सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    घाइते ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast