सुदूरपश्चिम सरकारले दियाे जनैपूर्णिमाकाे सार्वजनिक बिदा

सुदूरपश्चिम सरकारले दियाे जनैपूर्णिमाकाे सार्वजनिक बिदा

धनगढी, १७ साउन।  सुदूरपश्चिम प्रदेशमा जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिइएको छ। रक्षाबन्धन पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले रक्षाबन्धन पर्वमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भएको बताए। २०७७ सालका सार्वजजिक बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ।

उनका अनुसार संघीय सरकार मातहतका कार्यालयमा समेत बिदा हुनेछ। साउन १९ गते रक्षाबन्धन, भदौ ७ गते पर्ने थारु समुदायको अटबारी पर्व, पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने भुवा पर्व र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।