शनिबार, असोज १०, २०७७
    सावधान

    काेराेना संक्रमणबाट वीगञ्जमा थप एक जनाकाे मृत्यु

    आईतवार, १८ श्रावन २०७७, आहाखबर

    वीरगञ्ज, १८ साउन । वीरगञ्जमा काेराेना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार पीसीआर  परीक्षणमा संक्रमण पुष्टि भएकी ६८ वर्षीय महिलाको शनिबार साँझ नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो ।

    नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहका अनुसार मृत्यु हुने महिला वीरगञ्ज महानगरपालिका-१६ नगवा निवासी ६८ वर्षीय महिला हुन् ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।   

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast