सोमबार, श्रावन १९, २०७७
    स्वास्थ्य

    इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

    शनिबार, १७ श्रावन २०७७, आहाखबर

    इलाम। इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

    यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ। इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ। जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए।

    बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ। आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ। यसअघि संक्रमण फेला परेकाहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ पुगेको छ। -रासस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast