सोमबार, श्रावन १९, २०७७
    राज्य-समाज

    ‘इनफ इज इनफ’का अभियन्तालाई भेट्न बसन्तपुर पुगे देउवा

    शनिबार, १७ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'इनफ इज इनफ' अभियानका सत्याग्रहीलाई भेटेका छन्। देउवाले आज बसन्तपुर पुगेर सत्याग्रही युवाहरुको अभियानमा ऐक्यबद्धता जनाए। सतप्रतिशत पीसीआर परीक्षणको मागसहित 'इनफ इज इनफ' अभियन्ताहरु विगत १५ दिनदेखि सत्याग्रह छन्।

    अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे। पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरु माग पूरा गर्नेगरी समझादारी गर्न माग गरे। उनले भने, ‘हाम्रो पार्टीको ऐक्यवद्धता छ। उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ। यसको घोर भत्र्सना गर्छु।’

    सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो। कोरोनाविरुद्धको लडाईंमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast