सोमबार, श्रावन १९, २०७७
    स्वास्थ्य

    वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

    शनिबार, १७ श्रावन २०७७, आहाखबर

    पर्सा। वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी बयोधा अस्पतालमा ती महिलाको शुक्रबार दिउँसो मृत्युको थियो।

    स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका-१६ की ५० वर्षीया ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो। ती महिलाको मृत्यु हुनुभन्दा पहिले स्वाब संकलन गरि नारायणी अस्पतालमा परिक्षणको लागि पठाइएको थियो।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले मृतक महिलाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए। मुटु र उच्च रक्तचापको बिरामी रहेकी महिलालाई अस्पतालको आईसियुमा भर्ना गरि उपचार गर्नेक्रममा मृत्यु भएको हो। उनी गत साउन १४ गते उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन्।

    उपाध्यायका अनुसार कारोनाको महामारी सुरु भएयता वीरगन्जमा १४ जनाको मृत्यु भएकोमा, साउनमा मात्रै १० जनाको मृत्यु भइसकेको छ। साउनमा मृत्यु भएका १० जना सबै वीरगन्जकै स्थानीय हुन्। साउन अघि वीरगन्जको अस्पतालमा मृत्यु भएका ४ जना मध्ये २ जना बाराका र १ जना रौतहटका हुन्।

    जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे भेटिएका एक संक्रमितको शवको भने अहिलेसम्म पहिचान खुलेको छैन। हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast