सोमबार, श्रावन १९, २०७७
    स्वास्थ्य

    कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, उपत्यकामा ६ जनामा संक्रमण पुष्टि

    शनिबार, १७ श्रावन २०७७, आहाखबर

    काठमाडौं। मुलुकभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका स्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै नेपालमा संक्रमतिको कुल संख्या २० हजार ८६ पुगेको जानकारी दिए।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९ र कञ्चनपुरका ९ जनामा कोराना पुष्टि भएको छ। यस्तै काठमाडौंका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ र भक्तपुरका १ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ। २४ घण्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन्। त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast