सोमबार, श्रावन १९, २०७७
    सावधान

    धनगढीदेखि बझाङतर्फ जाँदै गरेकाे हाइस दुर्घटना हुँदा १७ जना घाइते

    शनिबार, १७ श्रावन २०७७, आहाखबर

    डडेल्धुरा, १७ साउन । डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको हो । 

    भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१-ख २३२३ नं. को हाईस शनिबार बिहान करिब ३ बजेतिर दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

    हाइस अनियन्त्रित भएर रोडभन्दा अन्दाजी १०/१५ मिटर तल खस्दा उक्त हाईसमा सवार १७ जना घाइते भएका डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

    बझाङ तलकोट गाउँपालिका-२ बस्ने वर्ष ३० का हिमाल माझी (साहु) र कैलाली गोदावरी नगरपालिका-६ बस्ने वर्ष २५ का शिवराज फुलारालाई उपचारको लागि धनगढी पठाइएको डीएसपी न्यौपानेले बताए ।

    उनका अनुसार घाइते हुनेमा बझाङ तलकोट गाउँपालिका-२ का २३ वर्षीय सुशीला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दीपेन्द्र कुँवर, १८ वर्षका  अशोक कुँवर, ३५ वर्षका  मिन बहादुर कुँवर रेहका छन् ।

    यस्तै, ४६ वर्षका गोरख कुँवर, ४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका  विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका  पवन धामी, ६ को अनुप रोकाया रहेका छन् ।

    घाइते १५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूकाे अवस्था समान्य रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast