सोमबार, श्रावन १९, २०७७
    बैंक-बीमा

    इन्भेष्टमेन्ट बैंकलाई दक्षिण एशियाका बैंक हरुमध्ये 'उत्कृष्ट साझेदार' आईएफसीको अवार्ड,

    शुक्रबार, १६ श्रावन २०७७, आहाखबर

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट पुरष्कृत भएको छ । इन्भेष्टमेन्ट बैंकले दक्षिण एशियाका न्यून आय भएका अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए) मुलुकहरुका बैंकमध्ये 'सन् २०१९ का लागि उत्कृष्ट साझेदार' को सम्मान पाएको हो । 
    'आईएफसीले नेपालमा ट्रेड फाइनान्सका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको हो । जसमार्फत स्थानीय व्यवसायहरुलाई गर्ने सहयोग बढाउनका लागि बैंक सक्षम हुनेछ र उनीहरुलाई अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु बढाउन पनि मद्दत पुग्नेछ,' एनआईबीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ
    'ग्लोबल ट्रेड फाइनान्स प्रोगाम (जीटीएफए)' अन्तर्गत सबैभन्दा बढी परिमाणमा ट्रेड फाइनान्स गरेकोमा आईएफसीले एनआईबीएललाई उक्त सम्मान दिएको हो ।
    आईएफसीको ट्रेड फाइनान्स सहयताले देशको कर्पोरेट र साना तथा मझौला व्यवसायका क्षेत्रहरुलाई विश्व व्यापारमा हिस्सा बढाउन र विश्वभरका विभिन्न करेस्पोन्डेन्ट बैंकहरुसँग परिचित गराउन सबल बनाएको छ। यो सञ्जालले न्यून जोखिमका साथ चुनौतीपूर्ण बजारहरुमा कारोबार, प्रतिस्पर्धी लगानी प्रवर्द्धन र अन्तरसम्बन्धित बैंकहरुसँग सम्बन्ध स्थापित गर्नका लागि सहजीकरण गर्छ ।'

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast