सोमबार, श्रावन १९, २०७७
    आर्थिक खबर

    शुक्रबार प्रतिताेला ९९ हजार ३ सय पुग्याे सुनकाे मूल्य

    शुक्रबार, १६ श्रावन २०७७, आहाखबर

    काठमाडौं, १६ साउन । शुक्रबार पनि नेपाली बजरमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला ३ सय रूपैयाँले बढेर ९९ हजार ३ सय पुगेकाे हाे । 

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast