मंगलवार, श्रावन २०, २०७७
    स्कुल-कलेज

    त्रिविकाे परीक्षा सञ्चालन तत्काल नहुने

    शुक्रबार, १६ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, १६ साउन।  त्रिभुन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।

    यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएका र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ । 

    यसअघि सरकारले १ भदौबाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने विश्वविद्यालयले घोषणा गरेको थियो ।

    तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकम २० दिने पहिलो सूचित गरिने जानकारी दिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast