मंगलवार, श्रावन २०, २०७७
    लाइफस्टाइल

    आज देशका विभिन्न भूभागमा वर्षा हुन्छ: मौसम पूर्वानुमान महाशाखा

    शुक्रबार, १६ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, १६ साउन।  आज पनि देशका विभिन्न भूभागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    प्रदेश-१, बागमती, गण्डकी प्रदेश, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

    देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भूभाग नजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले शनिबारसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    शनिबार पनि देशका केही स्थानमा सामान्य बदली रही धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

    ‘शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बागमती प्रदेश, प्रदेश-१, गण्डकी प्रदेश, प्रदेश-५ र सुदूरपश्चिम र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,’ मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘शनिबार राति प्रदेश-१, प्रदेश-२  प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।’  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast