राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन्।

रिम रानाभाट, इन्दिरा निरौँला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। सोमबार मन्त्रीपरिषद्को बैठकले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो।