शुक्रबार, श्रावन २३, २०७७
    ब्राण्ड/संगठन

    टिभिएसका मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ, यस्तो छ मूल्य र स्किम

    बिहिवार, १५ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, १५ साउन । लकडाउनको ३ महिना भन्दा धेरै सवारीसाधन विक्री वितरण बन्द हुँदा विभिन्न स्किमहरु सार्वजनिक भए। सिजनकै व्यापार गर्न नपाएपछि पछि ग्राहकलाई आकर्षित गरी व्यापार सन्तुलन गर्न स्किम निकालिएको व्यवसायीहरु बताउँछन्।

    टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पनि विभिन्न योजनाहरु ल्याएको छ।

    यस्तै जगदम्बा मोटर्सले ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ योजना सार्वजनिक गरेको छ। साे योजनाअन्तर्गत ग्राहकले शुन्य प्रतिशत डाउनपेमेन्ट, शुन्य प्रतिशत ब्याजदर वा स्कूटरमा १० हजार र मोटरसाइकलमा १२ हजार नगद छुटमध्ये कुनै पनि एक छान्न सक्नेछन्।

    त्यस्तै, ग्राहकहरुले अनलाइन मार्फत् पनि मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्नसक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

    यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ।

    लकडाउनपछि मोटरसाइकल र स्कुटरका नयाँ ग्राहकहरु अप्रत्यासित रुपमा बढेको टिभिएसका मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवाल बताउँछन्।

    ‘हाम्रो सेल्स अप्रत्यासित रुपमा बढेको छ। हाल टिभिएसको ३० देखि ४० प्रतिशत सेल्स छ,’ उनले सेतोपाटीसगँ भने।

    यस्तो छ टिभिएसको मोटरसाइकल र स्कुटरको मूल्य र विशेषता:–
        

     

    मोडल आकार/प्रकार क्षमता मूल्य
    आरटिआर ३१० मोटरसाइकल ३१० ७,७९,९००
    अपाचे आरटिआर २०० मोटरसाइकल २०० ३,२४,९००
    अपाचे आरटिआर १८० मोटरसाइकल १८० २,७९,९००
    अपाचे आरटिआर १६०४भी मोटरसाइकल १६० २,८९,९००
    अपाचे आरटिआर १६०४भी एफडी मोटरसाइकल १६० २,७२,९००
    अपाचे आरटिआर १६०२भी आरडी मोटरसाइकल १६० २,६८,९००
    अपाचे आरटिआर १६०२भी एफडी मोटरसाइकल १६० २,५८,९००
    अपाचे आरटिआर १५० २भी एफडी मोटरसाइकल १५० २,५१,९००
    म्याक्स–१२५(सेमी ट्रायल बाइक) मोटरसाइकल १२५ २,४१,९००
    स्ट्राइकर रिफ्रेस मोटरसाइकल १२५ १,९९,९००
    स्ट्राइकर मोटरसाइकल १२५ १,९६,९००
    रेडन मोटरसाइकल ११० १,८५,९००
    एनटर्क रेस एडिसन स्कुटर १२५ २,४८,९००
    एनटर्क डिस्क स्कुटर १२५ २,३६,९००
    एनटर्क ड्रम स्कुटर १२५ २,१४,९००
    जुपिटर क्लासिक ११० स्कुटर ११० २,११,९००
    विगो–एसबिएस–बिएसआईभी–११० स्कुटर ११० २,०७,९००
    ड्याज स्कुटर ११० १,९९,९००
    जेस्ट ११० स्कुटर ११० १,७८,९००

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast