शुक्रबार, श्रावन २३, २०७७
    आर्थिक खबर

    चार महिनापछि आजदेखि सञ्चालनमा आउँदै होटल तथा रेष्टुरेन्ट

    बिहिवार, १५ श्रावन २०७७, आहाखबर

    काठमाडौं, १५ साउन । लकडाउनले बन्द भएका होटल तथा रेष्टुरेन्ट चार महिनापछि आजदेखि सञ्चालनमा आउँदै छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न दिने निर्णय गरेपछि आजदेखि सञ्चालनमा आउन लागेका हुन् ।

    होटल सञ्चालनमा आए पनि कोरोना भाइरसको महामारी कायमै रहकाले विदेशी एवं आन्तरिक पर्यटकको चहलपहल नहुँदासम्म ब्यापार हुने सम्भावना नरहेको व्यवसायीहरूले जनाएका छन् ।

    बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्न लागेको होटल एसोसिएसन अफ नेपालले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast