सोमबार, श्रावन १९, २०७७
    कला-सौन्दर्य

    ट्वीटर ट्रेन्डिङमा ‘कंगनालाई पक्राउ गर’: आयो यस्तो प्रतिक्रिया

    बिहिवार, १५ श्रावन २०७७, आहाखबर

    मुम्बई, १५ साउन ।  बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा कंगना रनौत निकै सक्रिय छिन् । अभिनेत्रीले सरकारमाथि सीबीआई अनुसन्धानका साथै बलिउडका ठूला भनिने सेलिब्रिटीमाथि आत्महत्या दुरुत्साहनको आरोप पनि लगाएकी छिन् । यद्यपि, बुधबार #ArrestKanganaRanaut ह्याशट्याग ट्वीटरमा ट्रेन्ड भएको छ । यसको जवाफमा कंगनाको समूहले यस्ता साना कुराले अभिनेत्रीलाई कुनै असर नगर्ने र उनी अब थप दृढ भएको बताएको छ ।

    उनले फिल्म माफियालाई यस्तो प्रकारको सःशुल्क ट्रेन्ड चलाएको आरोप लगाइन् । आफ्नो पहिलो ट्वीटमा कंगनाको समूहले यो ‘पेड ट्रेन्डलाई चलाउनका लागि कथित मुभी माफियालाई दोषी ठहर गरिन् । उनले लेखिन्, ‘ #ArrestKanganaRanaut ट्रेन्ड गराउन लाई अन्त्यमा फिल्म माफिया पिआरको केही बजेट पाइएको छ । आउ, उसलाई पक्राउ गर, यसो गर्दा उनलाई मुभी माफिया र उनीहरुको गलत व्यवहार उजागर गर्न थप सहज हुनेछ, तसर्थ कृपया #ArrestKanganaRan

    यसमा भनिएको छ, ‘जब आपराधिक मामिला, मृत्युको धम्की, चरित्र हननले उनलाई रोक्न सकेन भने यसले त उनलाई थप दृढ बनाउनेछ । तपाईंहरुले उसलाई मारी नै दिएपनि माफियालाई नष्ट गर्नका लागि उनको प्रण जीवित रहनेछ ।’

     

    Finally movie mafia PR has got some budget paid trend #arrestkanganaranaut is being carried out, come arrest her it will be easier for her to expose and fix movie mafia and their wrong practices, so please #arrestkanganaranaut

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast