सोमबार, असोज १२, २०७७
    बैंक-बीमा

    सिटिजन्सको एसएमई तथा घर कर्जा योजना

    बुधबार, १४ श्रावन २०७७, आहाखबर

    काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स घर कर्जा’ र एसएमई कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९.५०% वार्षिक ब्याजदरमा जग्गा-घर खरिद तथा घर निर्माणका लागि योजना ल्याएको छ ।

    यो योजनामा कर्जा प्राप्त गर्न कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने बैंकले जनाएको छ । २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकले नि:शुल्क क्रेडिट कार्ड पाउने बैंकले जनाएको छ ।


    यस्तै बैंकले सिटिजन्स १०.९९ प्रतिशत ब्याजदरको मोर्टगेज लोन (व्यक्तिगत कर्जा) योजना पनि ल्याएको जनाएको छ । बैंकका १०९ शाखाहरुबाट यस्तो कर्जा लिन सकिने जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast