शुक्रबार, श्रावन २३, २०७७
    कला-सौन्दर्य

    ‘जातको प्रश्न’ टेलिभिजन शो मार्फत दर्शकमाझ आउँदै राजेश हमाल

    बुधबार, १४ श्रावन २०७७, आहाखबर

    काठमाडौं, १४ साउन । अभिनेता राजेश हमाल टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउने भएका छन् । यसअघि उनले ‘को बन्छ करोडपति’ रियालिटी शो पनि सञ्चालन गरिसकेका छन् ।

    ‘जातको प्रश्न’ मा हमालले समाजमा हुने जातीय विभेदका विषयमा प्रश्न गर्नेछन् । समता फाउण्डेसनको प्रस्तुतिमा यो शो तयार पारिएको हो । शोमार्फत समाजमा भएका विभिन्न घटनालाई उजागर गरिनेछ ।

    यो शो आउँदो शनिवारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast