सोमबार, श्रावन १९, २०७७
    खेल संसार

    सन्दीपकाे सीपीएल खेल्ने पक्का, बिहीबार चार्टर विमानबाट क्यारेबियन जाने

    बुधबार, १४ श्रावन २०७७, आहाखबर

    काठमाडौं , १४ साउन । सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । सन्दीप भोलि 'बिहीबार' वेस्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् । हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना भए पनि चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।

    सन्दीप प्रतियोगिताका लागि बिहीबार प्रस्थान गर्ने व्यवस्थापक रमन सिवाकोटीले बताए ।  सन्दीप आइतबार मात्र वेस्ट इन्डिज पुग्नेछन् । यस वर्षको सीपीएल अगस्त १८ बाट हुँदै छ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।

    सन्दीप आवद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast