सोमबार, श्रावन १९, २०७७
    विज्ञान/प्रविधि

    नेपाल भित्रियो १८ अर्बको मोवाइल सेट

    मंगलवार, १३ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, १३ साउन । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको मोबाइल आयात भएको तथ्यांकले देखाएको छ । विभागका अनुसार यि मुल्य बरावरको झन्डै ४४ लाख मोबाइल सेट भित्रिएको हो।

    विभागका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा मात्रै ४३ लाख ६५ हजार ९ सय ६९ ओटा मोबाइल सेट आयात भएको छ । सबैभन्दा बढी चीनबाट करिब ३४ लाख ७० हजारको मोबाइल भित्रिएको तथ्याङ्कले देखाएको छ । भारतबाट मात्रै ६ लाख ३८ हजारभन्दा बढी मूल्यको मोबाइल भित्रिएको देखिन्छ ।

    मध्यम खालको मोवाइल सेटहरुमा सामसङ, शाओमी, ह्वावे, ओप्पो, भिभो, रियलमी जस्ता ब्रान्डका फोन बिक्री हुने गरेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast